Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित पक्राउ परेका कार्यवाहक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका कवडियाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायरगरेको हो ।

कवडियाले अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ९ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077