Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले मदन भण्डारी दुर्घटनाको विषयलाई त्यतिकै छाड्दैन : योगेश भट्टराई

जनकपुरधाम । नेकपा एमालेको सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मदन भण्डारीको षड्यन्त्रपूर्वक दुर्घटना भएको दाबी गरेका छन् ।

सिरहाको सर्रे अम्वासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । सचिव भट्टराईले भण्डारीको सामान्य दुर्घटना नभएर षड्यन्त्रमूलक दुर्घटना भएको बताए ।

सचिव भट्टराईले भने,‘आज पनि विश्वास छ । मदन भण्डारीको सामान्य दुर्घटना होइन । एमाले यी विषयलाई त्यतिकै छाड्दैन । समय लाग्न सक्छ ।’

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालयका सदस्यहरू र आयोगका प्रमुखहरूको सहभागी रहने पत्रकार सम्मेलनमा जनाएको छ ।

आज बिहान ११ बजेदेखि हुने सचिवालय बैठकले महत्त्वपूर्ण निर्णय गर्ने, चौथो महाधिवेशन सफल बनाउन भूमिका खेलेका नेता कार्यकर्तालाई सम्मान गर्ने, कम्युनिस्ट आन्दोलनका सहिदहरूको नाम स्मारक निर्माण गर्ने लगायतको कार्यतालिका रहेको बताए ।

तत्कालीन नेकपा मालेको चौथो अधिवेशन सर्रे अम्वासमा बसेर महत्त्वपूर्ण नीति लिएकोले भन्दै सचिव भट्टराईले सर्रे अम्वास कम्युनिस्ट आन्दोलनको हिसाबले ऐतिहासिक स्थल भएको बताए।

यही बैठकबाट कम्युनिस्ट र कांग्रेस मिलेर पञ्चायती व्यवस्था हटाउन सङ्घर्ष गर्ने निष्कर्षमा पुगेको, माओसेतुङको विचारभन्दा नेपाली अनुकूल बहुदलीय व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको र महासचिवमाभण्डारीलाई सर्वसम्मत चयन गरेकोले सर्रे अम्वास ऐतिहासिक स्थल भएकोले सचिवालय बैठक गर्न लागेको सचिव भट्टराईले बताए।

नेकपा एमालेले कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्वासमा भदौ ९ मा सचिवालय बैठक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077