Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वगृहमन्त्री खाँणलाई भेट्न कारागार पुगे शशांक

    पूर्वगृहमन्त्री खाँणलाई भेट्न कारागार पुगे शशांक

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 840
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् ।

    नेता कोइरालाले आज विहान नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई भेटेका हुन् ।



    खाँणलाई भेट्न नेता कोइराला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।



    नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए ।

    जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार