Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्तमान सरकारको काम सन्तोषजनक छैन : शशांक कोइराला

    वर्तमान सरकारको काम सन्तोषजनक छैन : शशांक कोइराला

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 474
    SHARES

    फाइल तस्विर

    चितवन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताएका छन्।

    सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालले यस्तो बताएका हुन् ।



    नेता कोइरालले सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताए।



    नेता कोइरालले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ। यहाँ हरेक कुराको सम्भावना छ। संसद्‌ले चाह्यो भने जे पनि हुनसक्छ।मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन।’

    नेता कोइरालाले मुलुकको उन्नति र प्रगतितर्फ सरकारको ध्यान नगएको टिप्पणी गरे। नेता कोइरालले गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताए।

    संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको नेता कोइरालको भनाइ छ। जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्ने नेता कोइरालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार