Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शशांक कोइराला भन्छन् – कांग्रेस एक भएर अघि बढ्नुको अरु विकल्प छैन

    शशांक कोइराला भन्छन् – कांग्रेस एक भएर अघि बढ्नुको अरु विकल्प छैन

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 438
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको कांग्रेस एकताबद्ध भएर जानुपर्ने आवश्यकता रहेको औल्याए । नेता कोइरालाले नेपाली कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने दाबी गरे।



    नेता कोइरालाले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’



    कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार