Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • २ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    २ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 993
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो ।

    तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर किनबेच भएको छ ।



    परिसूचक सामान्य अंकले घटेपनि ७९ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ ।



    १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज सिटी होलटको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ इक्वीटी फण्डको सेयर मूल्य भने ७.९४ प्रतिशतले बढेको छ ।

    परिसूचक सामान्य घटेपनि आज होटल र टुरिजम समूहमा ७२ अंकको र व्यापार समूहमा ३७ अंकको सुधार आएको छ । यसबाहेक, उत्पादनमूलक समूहको सूचक ३६अंकले घटेको छ भने लघुवित्त समूहको सूचक १५ अंकले घटेको छ ।

    यस्तै, जलविद्युत समूहको सूचक ५ अंक र वित्त समूहको सूचक ४ अंकले घटेको छ । हिजो मंगलबार नेप्से परिसूचक ५ अंकले घटेको थियो भने ८६ करोड रुपैयाँको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार रकम भने २७ करोडले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार