Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल पक्राउ

    सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

    इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा अनुसन्धान गर्न बुधबार दिउँसो राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।



    तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।



    भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो ।

    चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ नगरेपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार