Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तस्बिरमा हेर्नुस् अम्बासमा एमाले सचिवालय बैठक

    तस्बिरमा हेर्नुस् अम्बासमा एमाले सचिवालय बैठक

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सिराहास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो ।



    बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौं र विराटनगरबाट सिराहा पुगेका थिए । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा हुनेछ ।



    साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ । मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो ।

    बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए ।

    May be an image of 12 people and text

    May be an image of 6 people and wedding

    May be an image of 8 people and wedding

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार