Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० मा इंग्ल्याण्डसँग न्युजिल्याण्ड पराजित

काठमाडौं । इंग्ल्याण्डले न्युजिल्याण्डलाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ ।

न्युजिल्याण्डले प्रस्तुत गरेको १४० रनको लक्ष्य इंग्ल्याण्डले ३६ बल बाँकी छँदै पछ्याएको हो ।

इंग्ल्याण्डका लागि डेविड मलानले सर्वाधिक ५४ रन बनाए भने ह्यारी ब्रुकले नटआउट रहँदै ४३ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए ।

विल ज्याक्सले २२ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टीम साउथी, लोकी फर्गुसन र इस सोधीले १–१ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

टोलीका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए भने ओपनर फिन एलनले २१ रनको योगदान दिए । इंग्ल्याण्डका लागि लुक वुड र ब्राइडन कार्सले ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077