Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपप्रधानमन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे सैनिक अस्पताल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छाउनीस्थित सैनिक अस्पताल पुगेका छन् ।

प्रोस्टेट (बीपीएच) को शल्यक्रिया गराएका खड्कालाई अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

बुधबार भर्ना भएका उनको सोही दिन शल्यक्रिया गरिएको हो।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077