Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् महासचिव पोखरेलसँगै १२ दिने चीन भ्रमणमा एमाले नेता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावना भ्रमण गर्ने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरूसँग भेटवार्ता हुनेछ ।

भेटका क्रममा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष छलफल हुनेछ भने एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको पार्टीस्तरीय सम्बन्धका विषयमा अन्तरक्रिया हुने जनाइएको छ ।

भ्रमण टोलीमा एमाले महासचिव पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम र पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह छन् ।

यस्तै केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अध्यक्ष तथा अखिल नेपाल महिला संघ टुकाभद्र हमाल तथा केन्द्रीय सदस्यहरू सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई र कपिलदेव पोखरेल छन् ।

साथै, जिफन्ट महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी सदस्य छन् । यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077