Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौँ र ललितपुरका यी क्षेत्रमा आज साढे आठ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

शुक्रबार एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकु तथा के–थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ।

उक्त स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ । प्राधिकरणले विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077