Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणपति तेल मिलमा आगलागी हुँदा २ करोड क्षति

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको हो।

सञ्चालक हिमाल बस्नेतले तेल मिलमा आगलागी भएको आफूले एक घण्टापछि मात्र थाहा पाएको बताए। आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा पुगेका स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा केहीबेर अघि आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट दुई करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। तेल मिल सञ्चालक बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077