Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न ह्याम्स पुगे थापा

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् ।

पारस मुटुमा असजिलो महसुस भएपछि उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

भेटमा पूर्वयुवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ लाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएको छ ।

पारसलाई भेट्न अध्यक्ष थापासङ्ग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077