Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेको लुम्बिनी प्रदेश अधिवेशन सुरू

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा सुरू भएको छ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो बुटवल आइपुगेका थिए ।

सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए ।

आज अधिवेशन उद्घाटन पछि भोलि बन्द सत्र कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077