Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई नभएको बताएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले एमालेको विषयमा भ्रम फैलाएर आफू बलियो बन्ने सपना नदेख्न पनि आग्रह गरे ।

उपाध्यक्ष पौडेलले भने, ‘अवसरवादीहरु एमालेलाई कमजोर बनाउन सके आफू बलियो भइएला भन्ने सोचेर भविष्यवाणी गर्दै हिंडेका छन् तर एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन । विगतमा पनि एमालेललाई कमजोर मात्र हैन समाप्त पार्न प्रयास गरिएको थियो तर एमालेले ती सबै प्रयासलाई परास्त गरेको हो ।’

गत बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र धाँजा फाटेको, नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएको र कुनै पनि बेला विस्फोट हुने बताएका थिए ।

उनले नीति र विचारमा एमालेभित्र कुनै विमति नरहेको दावी गर्दै विवाद छ भन्ने कुरा पानीको फोका मात्रै भएको बताए । उनले १० औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको बताए ।

गत वर्षको आम निर्वातनमा पार्टीले जित्ने सुनिश्चित भएका र फराकिलो मतान्तरले जित्ने निर्वाचन क्षेत्रमा अनपेक्षित नतिजा आएको भन्दै उपाध्यक्ष पौडेलले त्यसको समीक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077