Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - सरकारले भ्रष्टाचारविरुद्ध होइन, भ्रष्टाचार अभियान चलाएको हो

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार अभियान चलाएको दाबी गरेका छन् ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताए ।

अध्यक्ष ओलीले भने, 'एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ। नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ ?'

एमालेले नेतृत्वको सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए।

नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ।

अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077