Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी नेतृत्व तत्काल परिवर्तन नहुने एमाले उपाध्यक्ष पौडेलको दाबी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी नेतृत्व तत्काल परिवर्तन नहुने बताएका छन् ।

उपाध्यक्ष पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका हुन् ।

उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताए ।

अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई सिंगो एमालेले पानीको फोकाजस्तै बनाइदिने उनले बताए ।

एमाले जिवन्त पार्टी भएको र जिवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077