Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघले म्यानमारविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले म्यानमारसँग हुने खेलका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।

मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ गते म्यानमारसँग म्यानरमारमै हुनेछ। छनोट हुने नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् ।

त्यस्तै रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् ।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन्।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077