Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • २९ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    २९ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ ।

    आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।बजार १९६०.७८ विन्दुमा झरेको छ ।



    आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक ३.०३ प्रतिशत गुमाएका छन् ।



    आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ ।

    यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो ।

    लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार