Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शान्ति सुरक्षा कायम राख्न मातहतका प्रहरी अधिकृतलाई एआईजी थापाको निर्देशन

    शान्ति सुरक्षा कायम राख्न मातहतका प्रहरी अधिकृतलाई एआईजी थापाको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग एआईजी थापाले आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता गरेका हुन् ।



    May be an image of 6 people and text



    आईजीपी बसन्त बहादुर कुँवर र उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार मातहत कार्यालयका प्रमुखहरूसँग सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भएको हो ।

    May be an image of 3 people and text

    कार्यक्रममा एआईजी थापा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धि बिक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख भुपेन्द्र बहादुर खत्री, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच हस्ताक्षर भएको थियो ।

    May be an image of 2 people, military uniform, office and text

    कार्यक्रममा एआईजी थापाले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरूपमा पालना गरी कार्यान्वयन गर्न मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिए ।

    May be an image of 2 people, dais and text

    एआईजी थापा आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

    May be an image of 2 people, dais and text

    कार्य सम्पादन सम्झौता सुशासनको मापन भएकाले आ-आफ्नो कार्यालयको कार्य सम्पादनको प्रकृति अनुसार कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्न एआईजी थापाले निर्देशन दिए । एआईजी थापाले प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता उपलब्धिमूलक हुने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार