Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपत्यकालाई सुरक्षित बनाउन योजना बनाएका छौँ : एआईजी थापा

    उपत्यकालाई सुरक्षित बनाउन योजना बनाएका छौँ : एआईजी थापा

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको बताएका छन् ।

    सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’ मा बोल्दै एआईजी थापाले यस्तो बताएका हुन् ।



    एआईजी थापाले काठमाडौं, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताए।



    एआईजी थापाले भने,’काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौँ ।’

    उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको  थापाको भनाइ छ।

    एआईजी थापाले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको बताए।

    त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार