Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • मूल्यवृद्धि फिर्ता लिने त्रिविको इन्जिनियरिङ संस्थान र विद्यार्थीहरुबीच सहमति

    मूल्यवृद्धि फिर्ता लिने त्रिविको इन्जिनियरिङ संस्थान र विद्यार्थीहरुबीच सहमति

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान र शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ ।

    आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरुबीच आइतबार ४ बुँदे सहमति भएको हो ।



    सहमतिसँगै स्ववियु पुल्चोक र अनेरास्ववियुले गरेको आन्दोलनका सबै कार्यक्रम पनि फिर्ता भएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले हालै मात्र पूर्ण शुल्कमा पढ्ने विद्यार्थीहरुको शुल्क बृद्धि गरेको थियो ।



    जसअनुसार ३ लाख १८ हजार रहेको शुल्क बढेर ७ लाख ७७ हजार पुग्ने भयो । आइतबार त्रिवि पदाधिकारीका साथै इन्जिनियरिङ अध्ययन संस्थानका प्रतिनिधिले अनेरास्ववियु र स्ववियु पुल्चोकका प्रतिनिधिहरुसँग नयाँ सहमति गरेका छन् ।

    सहमतिमा संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, कर्णली र मधेस प्रदेशमा क्याम्पस स्थापना प्रक्रिया अगाडि बढाउने, संस्थानको आर्थिक संकट समाधानको विकल्प खोज्न सर्वपक्षीय सहमति बनाउने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार