Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुख घिमिरे र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि रुसका राजदूत अलेक्सेइ अलेक्सेयेभिच नोभिकोभबीच भेटवार्ता भएको छ ।

रुसी राजदूत नोभिकोभले सोमबार सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका हुन्। भेटका क्रममा आपसी सद्भाव, दौत्य सम्बन्धनका बारेमा छलफल भएको थियो ।

सभामुखले नेपाल र रुस सम्बन्धबारे चर्चा गरे। रुस नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सभामुख घिमिरेले सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र रुसको सम्बन्ध सुमधुर रहिआएको बताए।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए। उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077