Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न - खेलाडीको भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेट खेलाडीलाई दिने भनिएको रुपैयाँ तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो आग्रह गरेका हुन् । सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए ।

सांसद शाहीले भने,‘पटक–पटक गरेर नेपालका खेलाडीलाई १७ लाख दिने भनेर वाचा भयो, तर खेलाडी भोकभोकै खेल्दैछन् । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, खेलाडीलाई शुभकामना लेख्दै गर्दा डर लाग्छ कि लाग्दैन ? भिडियो बधाई दिँदा अनुहार कस्तो हुन्छ ?’

सांसद शाहीले प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सोमवार शाहीले नेपाली खेलाडीहरू भोकभोकै खेल्न बाध्य रहेको भन्दै वाचा गरेको रकम तत्काल उपलब्ध गराउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077