काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ ।
छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।
३५ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए। यसअघि आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए।
नेपाल ३३ ओभरको समाप्तिमा १४८ रन बनाएर खेलिरहेको छ।