Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पानी परेपछि नेपाल र भारतबीचको खेल अवरुद्ध

काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ ।

नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077