Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तस्बिरमा हेर्नुस् भारतविरुद्धको खेलमा श्रीलंका पुगेका नेपाली समर्थकहरू

काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न नेपाली समर्थकहरू श्रीलंका पुगेका छन्।

क्यान्डीस्थित रंगशालामा नेपाल र भारतबीचको खेलमा नेपाली समर्कथहरू उल्लेख्यरूपमा देखिएका छन्।

नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, अभिनेत्री वर्षा सिवाकोटीलगायतले मैदानमा नेपाली खेलाडीलाई समर्थन गरिरहेका छन्।

इतिहासमै पहिलोपटक भारतको राष्ट्रिय क्रिकेट टीमसँग भिड्ने अवसर पाएको नेपालले सम्मानजनक प्रदर्शन गरिरहेको छ ।

वर्षाले खेल अवरुद्ध हुनुअघि नेपालले ६ विकेटको क्षतिमा १७८ रन जोड्न सफल भयो । नेपालका ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077