Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसिया कप : नेपाललाई सातौँ झट्का, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं । एसिया कप २०२३ मा भारतविरुद्ध नेपाललाई सातौँ झट्का लागेको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले दीपेन्द्रसिंह ऐरीलाई सातौँ विकेटको रूपमा गुमाएको हो ।

उनले व्यक्तिगत २९ रन बनाए । दीपेन्द्र भारतका हार्दिक पन्ड्याले गरेको ४१.१ ओभरमा एलबीडब्लू धरापमा परे ।

जारी खेलको ४५ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर २०५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077