Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतविरुद्ध नेपालले पूरा गर्‍यो २०० रन

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दुई सय रन पूरा गरेको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ४३.३ ओभरमा सात विकेट गुमाएर २०० रन पूरा गरेको हो ।

श्रीलंकामा जारी खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामी क्रिजमा छन्। सोमपाल ३२ र सन्दीप ६ रन बनाएर खेलिरहेका छन्।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077