Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो ।

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो।

पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ। आशिफ शेखले ५८ रन बनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077