Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेढ किलो चरेससहित कैलालीबाट ४ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले डेढ किलो लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेका छन् ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटी र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट पक्राउ गरेको हो ।

एक किलो तीन सय ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077