काठमाडौं । एसिया कप क्रिकेटमा हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ ।
समूह ‘बी’ बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । हारसँगै अफगानिस्तान बाहिरिएको छ ।
मंगलबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा श्रीलंकाले टस जित्दै ब्याटिङ गरेर ८ विकेटको क्षतिमा २९१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३७.४ ओभरमा २८९ रन बनाएर अलआउट भयो ।
समूह ‘बी’बाट श्रीलंकासँगै बंगलादेश पनि सुपर फोरमा प्रवेश गरिसकेको छ। यता समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन्।