Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप खेलेर स्वदेश फर्किँदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । एसिया कपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किंदै छ ।

नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आइपुग्न लागेको हो । एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077