Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले उपाध्यक्ष पोखरेलले भने - वर्तमान सरकारलाई कसैले ढलाउनु पर्दैन,आफै ढल्छ

नुवाकोट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ड देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा लागेको आरोप लगाएका छन् ।

दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर पुगेका उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पोखरेलले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गरेर गठबन्धन सरकार असफल भएको समेत दावी गरे।

उपाध्यक्ष पोखरेलले भने,'देशभित्र युवा तथा शिक्षित वर्ग सबैतिर निराशाको बादल मात्रै मडारिरहेको छ, युवाहरू आत्तिरहेका छन्,सरकारले कुनै योजना बनाउन सकेको छैन।'

उनले देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए। सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ।

उनले भ्रष्टाचारसम्बन्धी प्रकरणमा खुल्ला रुपमा छानबिन गरेर दोषीमाथि कानुनी कारबाही गरिनुपर्ने माग गरे। उनले देशको निकासका लागि एमाले मुलविन्दुमा रहेको बताउँदै नेता पोखरेलले एमालेलाई सरकारमा जान कुनै हतार नभएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077