Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुने

    काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुने

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच नियमित रुपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको ४० औं संस्करण काठमाडौंमा हुने भएको छ ।

    भदौ २४ देखि असोज १२ गतेसम्म सन्चालन हुने सैन्य अभ्यासमा नेपालबाट ३० जना सेना सहभागी हुनेछन् ।



    चालिसौँ जोइन्ट कम्बाइन एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेल नाम रहेको यस संयुक्त सैन्य अभ्यास दौरान विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायता लगायतमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।

    यस्तै, बेलायतमा हुने प्रतिस्पर्धात्मक एक्सरसाइज क्याम्ब्रियन पेट्रोलका लागि नेपाली सेनाको टोली त्यहाँ प्रस्थान गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार