Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको फराकिलो जित

काठमाडौं । एसिया कपको सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकालेको हो ।

बुधबार गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।

जितसँगै दुई अंक जोडेको पाकिस्तान सुपर फोरको शीर्ष स्थानमा छ । पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका चार टिम रहेको सुपर फोरमा सबै टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिम उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077