Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै, निजामती सेवा विधेयक संसदमा पठाइने

    मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै, निजामती सेवा विधेयक संसदमा पठाइने

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 891
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मंगलबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको हो ।

    बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गर्ने अपेक्षा गरिएको छ ।



    किनकि केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसद्मा पठाइने बताएका थिए ।

    विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार