Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै, निजामती सेवा विधेयक संसदमा पठाइने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मंगलबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

किनकि केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसद्मा पठाइने बताएका थिए ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077