Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयका १० अधिकारीहरुको सरुवा, चार जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० अधिकारीहरुको सरुवा गरेको हो ।

उपसचिव चेतराज बराललाई ओखलढुंगा, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सिडिओमा खटाइएको छ।

ओखलढुंगामा सिडिओमा कार्यरत प्रदर्शनी कुमारी र डडेल्धुराका विश्वराज न्यौपानेलाई गृह मन्त्रालय तथा मुस्ताङका अनुप केसीलाई रौतहटको सहायक सिडिओमा सरुवा गरिएको छ ।

त्यस्तै, उपसचिव झरेन्द्र चापागाईंलाई मकवानपुरको सहायक सिडिओ, नेत्रप्रसाद आचार्यलाई इप्रका चन्द्रनिगाहपुर, ज्ञाननाथ ढकाललाई इप्रका फर्पिङमा सरुवा भएको छ।

उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077