Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमहामन्त्री यादवमाथि भएको आक्रमणको तरुण दलले गर्‍यो विरोध

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेको छ ।

तरुण दलले पार्टीका सहमहामन्त्री एवं तरुण दलका पूर्वअध्यक्ष यादवमाथि भएको आक्रमणको विरोधमा रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा दलका अध्यक्ष विद्वान गुरुङलगायत तरुण दलका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाल तरुण दलले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्‍याली गरेको थियो ।

सोही अवसरमा तरुण दलका नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् ।

यादवलाई यही भदौ २० गते रिपोर्टर्स क्बल नेपालमा भाषण गरेर निस्किँदै गर्दा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077