Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ताधारीले सत्तामा टाँसिन कोशीमा असंवैधानिक हर्कत गर्‍यो, ठूलो अनिष्टको संकेत हो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनले कोशी प्रदेशमा असंवैधानिक हर्कत गरेको टिप्पणी गरेका छन् ।

शनिबार बिहान दलहरूलाई गम्भीर बन्न अपिल गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले दुई/दुई पटक गठबन्धन सरकारले संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिन गरेको हर्कत पतनको बाटो भएको र यो लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत भएको बताए ।

'पहिलेको सत्ताधारी पक्षले जानीजानी २र२ पटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत सच्याइएको थियो। त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नं प्रदेशमा त्यसरी नै २/२ पटक संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिने हर्कत गर्‍यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गन्यो। हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो,' उनले भनेका छन् ।

यसैलाई देखाएर देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भइरहेको टिप्पणी उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077