एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोरमा आज घरेलु टोली श्रीलङ्का र बङ्लादेश खेल्दैछन् । यो खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् ।
समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।
सुपर फोरको पहिलो खेलमा बङ्लादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ ।