Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खैरो हेरोइनसहित मोरङबाट दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-८ का २६ वर्षीय सन्दीप कार्की र पथरीशनिश्चरे नगरपालिका-८ का १९ वर्षीय पर्वत लिम्बू रहेका छन् ।

उनीहरुलाई मोरङको रंगेली नगरपालिका-४ चोप्राहबाट प्रदेश १-०२-०४१ प ४८२५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका लिम्बूको साथबाट १ हजार ३ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

कार्की र लिम्बूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरुले भारतबाट खरिद गरी लागूऔषध लिएर आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077