Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीलङ्कासँग पराजित हुँदै एसिया कपबाट बाहिरियो बङ्लादेश

काठमाडौं । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।

बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । घरेलु मैदान कोलम्बोमा हिजो भएको खेलमा श्रीलङ्काले बङ्लादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो ।

बङ्लादेश ४८ ओभर १ बलमा २ सय ३६ रनमा अलआउट भयो । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077