Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अवैध लागूऔषधसहित स्याङ्जाबाट दुई जना पक्राउ

स्याङ्जा । प्रहरीले लागूऔषधसहित स्याङ्जाको वालिङ्बाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रकउ पर्नेमा वालिङ् नगरपालिका-१० स्थित भकुण्डेमा पोखरा महानगरपालिकाका १७ वर्षीय शिव बस्नेत र स्याङ्जा विरुवाका २२ वर्षीया अजय राना रहेका छन् ।

सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख.५१५ नं.को बसमा यात्राका क्रममा शनिबार साँझ उनीहरू पक्राउ परेका हुन्।

उनीहरूका झोलाबाट डाइजोपाम ५० एम्पुल, फेनारागत ५० एम्पुल, नोफिन ५० एम्पुलसहित एक सय ५० एम्पुल प्रहरीले जनाएको छ। यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077