काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने भएको छ ।
कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो ।
तर, मौसम नखुलेपछि आजको खेल रद्ध थरेर सोमबारका लागि खेल तय गरिएको हो । निरन्तर पानी परेपछि खेल हुन सकेन र बाँकी खेल भोलि रिजर्ब डेमा हुने छ ।
भोलि स्थानीय समयअनुसार २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् । यसअघि भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।