Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ ।

आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो ।

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आइतबारदेखि उक्त राजमार्ग अवरूद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।

यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रूख खस्दा अवरूद्ध भएको छ। गए राति खसेका चारवटा रूखले राजमार्ग अवरूद्ध पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077