Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेशसभा सदस्यले सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाएको आरोप लगाएका छन् ।

नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई चेतावनी दिएर सडकमा ताण्डव मच्चाएको भन्दै त्यो सुहाउने कुरा नभएको टिप्पणी गरेका हुन् ।

सचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।’

सचिव भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्ने बताए। उनले लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077