Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानी बलर शाहीनले भारतीय बलर बुमराहलाई दिए उपहार

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहलाई उपहार दिएका छन्। हालसालै पिता बनेका बुमराहलाई अफ्रिदीले छोराको लागि उपहार दिएका हुन्। यसको भिडिओ अफ्रिदिले ट्विटरमा सेयर गरेका छन्। जसमा उनले बुमराहलाई छोराको लागि उपहार दिएर बधाई दिइरहेका छन्। आइतबार एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीच कोलम्बोमा भएको सुपर फोर खेल वर्षाका कारण स्थगित भएपछि खेलाडी मैदानबाट फर्किंदै गर्दा अफ्रिदीले बुमराहलाई उपहार दिएका थिए। आफू पिता बन्ने भएपछि बुमराह एसिया कपका खेल छाडेर गत साता भारत फर्किएका थिए। जसका कारणले समूह चरणमा उनले नेपालविरूद्धको खेल गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077