Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकार नै तस्करीमा संलग्न रहेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गर्न सुझाव दिएका छन्।

ललितपुरमा तेजाव आक्रमणविरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई आग्रह गरे । अध्यक्ष ओलीले अहिको सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिए।

अध्यक्ष ओलीले सरकार नै तस्करीमा संलग्न भई कमिसनखोरीमा डुबेकाले जनताको समस्या नदेखेको बताए। उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए।

उनले समाजमा हिंसा त्रास फैलाउने कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने, धम्की दिन, आंतककारी क्रियाकलाप भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077